समाचार

फेरी सर्‍यो कांग्रेस प्रदेश २ को चुनाव

७ पुष २०७८, बुधबार १४:१९
फेरी सर्‍यो कांग्रेस प्रदेश २ को चुनाव

७ पुस, काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा बुधबार दिउँसो १ बजेदेखि मतदानको समय निर्धारण गरिएको थियो । तर साँझ ६ बजेसम्म पनि प्राविधिक तयारी पूरा नभएकोले मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जनाए ।

मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले आजै मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो ।

प्रदेश दुईको  सभापतिका उम्मेदवारद्वय निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्