समाचार

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

७ पुष २०७८, बुधबार ११:३४
नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

७ पुस, काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा ९८ वर्षीय वृद्ध रहेका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएकी हुन्।

बुधबार एक वृद्धमा ओमिक्रोन पुष्टि भएसँगै हालसम्म नेपालमा तीन जनामा ओमिक्रोन संक्रमित भेटिएको छ । यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्