खेलकुद

पिएसजी न्युकासलसँग हारबाट जोगियो

१३ मंसिर २०८०, बुधबार ०३:२५
पिएसजी न्युकासलसँग हारबाट जोगियो

१३ मंसिर,काठमाडौं। अन्तिम समयमा पेनाल्टी दिन पुग्दा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पिएसजी विरुद्ध जितबाट बन्चित भएको छ।

पीएसजीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । बराबरीसँगै पीएसजी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पीएसजी न्युकासलभन्दा १ अंकले अघि छ ।

इन्ज्युरी समयको आठौं मिनेटमा कीलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका हुन् । यसअघि २४औं मिनेटमा न्युक्यासलले अलेकज्यान्डर ईसाकको गोलमा अग्रता लिएको थियो ।

त्यसअघि पहिलो हाफमा अलेक्जेन्डर इसाकको गोलमा न्युक्यासलले अग्रता बनाएको थियो। त्यसपछि खेलमा निरन्तर फर्किन प्रयास गरेको पिएसजी अन्नत इन्जुरी समयको ८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्न सफल भयो।

बराबरी पछि समूह ‘एफ’ मा पिएसजी ७ अङ्कका साथ दोस्रो स्थानमा रहँदा ५ अङ्क बनाएको न्युक्यासल तेस्रो स्थानमा छ। शीर्ष स्थानको बौउरुसिया डर्टुमन्डको १० अङ्क रहेको छ। डर्टमुन्डले एसि मिलानालई ३-१ ले हराउँदै १० अङ्कका साथ नकआउट चरण पक्का गर्यो।

मंगलबार राति नै भएका अन्य खेलमा शख्तर डोनेस्कले रोयल एन्टरपलाई १-० ले हराउँदा एट्लेटिको म्याड्रिडले फियनोर्डलाई ३-१ ले तथा योङ ब्वाइजले रेड स्टार बेलगार्डलाई २-० ले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्