१३ मंसिर,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिनदेखी जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक आज सकिँदै छ।
महोत्तरीको जलेश्वरमा जारी बैठकमा आज पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि छलफल गर्ने र पारित गराउने बैठकको अन्तिम एजेण्डा रहेको पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। आजको बैठक विहान १० बजे सुरु हुनेछ।