१३ मंसिर,काठमाडौं।नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुधबार ललितपुर सिटी एफसी र पोखरा थन्डर्स प्रतिस्पर्धाका लागि उत्रिँदा दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुनेछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । पहिलो चरणको खेलमा जित निकालेका दुवै टोली आजको खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । पहिलो खेलमा पोखराले चितवनलाई पराजित गरेको थियो भने ललितपुरले बुटवल लुम्बिनीलाई पाखा लगाएको थियो ।
यसअघि हिजो भएको खेलमा साबिक विजेता काठमाडौँ रेजर्स बराबरीमा रोकिएको थियो । काठमाडौँ रेजर्सलाई चितवन एफसीले १—१ गोलको बराबरीमा रोक्दै अंक बाँड्न बाध्य पारेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको अन्त्यतिर दुवै गोल सम्भव भएको थियो ।