खेलकुद

बार्सिलोना च्याम्पियन्स लिगको नकआउटमा, पीएसजी बराबरीमा रोकियो

१३ मंसिर २०८०, बुधबार ०३:०३
बार्सिलोना च्याम्पियन्स लिगको नकआउटमा, पीएसजी बराबरीमा रोकियो

१३ मंसिर,काठमाडौं। बार्सिलोना च्याम्पियिन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।  घरेलु मैदानमा गएराति भएको खेलमा पोर्टोलाई २–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।

घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा प्रवेश गरेको हो। बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे।

३० औँ मिनेटमा ब्राजिलियिन विंगर पेपेले गोल गर्दै पोर्टोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३२ औँ मिनेटमै जोवाओ कान्सेलोले गोल गर्दै खेललाई बराबरी गरे ।

५७ औं मिनेटमा जोवाओ फिलिक्सले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । बार्सिलोनाले सन् २०२०र२१ को सिजन पछि पहिलोपटक नकआउटमा चरणमा स्थान बनाएको हो ।

समूह ‘एच’ मा रहेको ऊ ५ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानको पोर्टो र तेस्रो स्थानमा रहेको शाख्तर डोनेस्कको समान ९–९ अंक छ ।

गएराति नै भएको खेलमा बोरुसिया डर्टमन्डले एसी मिलानलाई ३–१ गोलले हराउँदै नकआउट चरणमा स्थान बनायो । गएराति नै भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेन पीएसजी घरेलु मैदानमा न्युक्यासलसँग १–१ बराबरीमा रोकियो ।

प्रतिक्रिया दिनुहोस्