समाचार

काठमाडौंको तापक्रम निरन्तर ओरालो

१३ मंसिर २०८०, बुधबार ०२:५४
काठमाडौंको तापक्रम निरन्तर ओरालो

१३ मंसिर,काठमाडौं। नेपालभर चिसो बढ्ने क्रम निरन्तर जारीे छ । काठमाडौं उपत्यकामा हिजो भन्दा आज चिसो बढेको छ ।

काठमाण्डौको न्यूनतम तापक्रम आज दुई डिग्री सेल्सियसले घटेको छ । हिजो १२ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज १० दशमलव ४ डिग्री सेल्सियसमा झरेको हो ।

त्यस्तै मुलुकका अधिकांश स्थानमा आज पनि धुम्म भएको छ । नेपालमा पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव परेकाले पछिल्लो दुई दिन यता काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको हो ।

उपत्यकाको मौसम भने खुल्दै गएको छ । दिउँसो पहाडी क्षेत्र बाहेकका ठाउँको मौसम सफा रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी क्षेत्रको मौसम भने आज पनि आंशिकदेखि सामान्य बदली हुने छ । यस्तै, आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली जिल्लामा आज पनि हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्