१३ मंसिर,काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणले ५५ वटा इन्टरनेट कम्पनीलाई टिकटक बन्द नगर्नुको कारण माग गरेको छ।
सरकारको निर्णयअुनसार प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी नआएको उल्लखे गर्दै २४ घन्टाभित्र जवाफ दिन आग्रह गरेको छ।
सअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म त्यसको जानकारी नआएकाले २४ घण्टा भित्र जानकारी दिन प्राधिकरणले निर्देशन दिएको हो ।
‘संलग्न सूचीमा उल्लेखित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट २४ घण्टाभित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजीलगायतको कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ प्राधिकरणले भनेको छ।
टिकटक बन्द गराउन गएको कात्तिक २८ गते र मंसिर २ गते सार्वजनिक सूचना निकालिसकेकाले अबको २४ घण्टा भित्र जवाफ पेश गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
गएको कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्राधिकरणले तत्काल टिकटक बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो । तर, त्यस पछि पनि केही सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको हो ।