समाचार

छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ

७ पुष २०७८, बुधबार ०९:१६
छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ

७ पुस, जनकपुर। सिरहामा छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नं २ का २२ वर्षीय भुवन प्रसाद महतो, वडा नं ६ का १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए।

गत शनिवार राति करिब साढे ८ बजे सिराहाको गोलबजार नगरपालिका वडा नम्बर-६ मा दुई समूहबीच विवाद भएको थियो ।  सोही विवादमा दिपक साह लगायतका समूहले छुरा प्रहार गरेपछि वडा नम्बर-६ डोहटियाका २६ वर्षीय रामकुमार सदा र रिकेश सदा घाइते भएका थिए ।

घाइतेहरूलाई भूमिजा अस्पताल गोलबजार लगेकोमा त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि आर.के. मेडिसिटी अस्पताल धनगढी लगिएको थियो।  उपचारको क्रममा रामप्रसादको मृत्यु भएको थियो ।

घटनापछि स्थानीयले आन्दोलन गर्दै राज्यमार्ग अवरुद्ध गरेका थिए। सोही प्रदर्शनको क्रममा प्रहरी तथा स्थानीयहरु घाइते भएका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्