अर्थ / वाणिज्य

एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनासम्बन्धी ५ वटा भिडियो जारी

१२ मंसिर २०८०, मंगलवार १३:३६
एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनासम्बन्धी ५ वटा भिडियो जारी

१२ मंसिर,काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ ।

आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरूक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरूको ५ शृङ्खला रहेको र क्रमबद्ध रूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए ।

बैंकले ‘डिजिटल लिट्रेसी’ अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको हो । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भिडियो तयार पारिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार भिडियोहरु ५ श्रृंखला रहेको छ भने, क्रमबद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले बताए ।

भिडियोमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी विधि रहेको छ । उक्त भिडियोबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्दि हुने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्