खेलकुद

केपी ओली कपः दुई खेल जित्दै आर्मी सेमिफाइनलमा

१२ मंसिर २०८०, मंगलवार १२:१५
केपी ओली कपः दुई खेल जित्दै आर्मी सेमिफाइनलमा

१२ मंसिर,पोखरा। पोखरामा जारी केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

पोखरा क्रिकेट रंगशालामा भएको दिनको दोस्रो खेलमा आर्मीले प्रदेश १ लाई ३९ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । यो सँगै सेमिफाइनल पुग्ने चारै टोलीको छिनोफानो भएको छ ।

समूह ए बाट बागमती प्रदेश, समूह बी बाट एपीएफ र सी बाट मधेशले अन्तिम चारमा स्थान बनाइसकेका छन्। आर्मीले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको प्रदेश १ १८.२ ओभरमा १ सय ४७ रन बनाउँदा अलआउट भयो।

कोशीका सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए। समिर कार्कीले ३४ र सुजन थपलियाले २१ रन थपे। मिनास थापाले १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

समुह सीमा भने बलियो टिम नेपाल पुलिस क्लब समूह चरणबाटै बाहिरिन पुग्यो । मंगलबार पुलिस सुदूरपश्चिमसँग ४ विकेटले पराजित हुँदा नेट रनरेटका आधारमा मधेश सेमिफाइनलमा पुगेको हो ।

समूह डीबाट त्रिभुवन आर्मी क्लब समूह चरणको दुवै खेल जित्दै सेमिफाइनल पुगेको छ । आर्मीले पहिलो खेलमा मदन भण्डारी स्पोर्टस एकेडेमी (निलो)लाई ११० रनले र दोस्रोमा कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्