मुख्य समाचार

गृहमन्त्री फेर्ने दबाबमा प्रधानमन्त्री, माओवादीको निशानामा अर्थ

१२ मंसिर २०८०, मंगलवार १२:०३
गृहमन्त्री फेर्ने दबाबमा प्रधानमन्त्री, माओवादीको निशानामा अर्थ

१२ मंसिर,काठमाडौं। राजावादीहरुले सडक आन्दोलन गर्दै ‘राजा फर्काउने’ नारा लगाइरहेको समयमा सत्ता साझेदार दलहरुबीच मन्त्री फेरबदलको हतारो भइरहको देखिन्छ।

“तयारी केही पहिला पनि हो, त्यसबेला दसैं, तिहार भनियो,” ती नेताले भने, “बीचमा जाजरकोटमा गएको भूकम्प अर्को कारण बन्यो । त्यसले नै लम्बिएको हो । अब सरकारको एक वर्ष पनि पूरा हुन लागेको छ । त्यस अवसरमा मन्त्रीहरुको व्यापक हेरफेरको तयारी छ ।”

सत्तारुढ कांग्रेसले गृहमन्त्री र माओवादीले अर्थमन्त्रीको आलोचना गर्दै आएका छन् । दुवै पार्टीका नेताहरूले ती दुवै मन्त्री हेरफेरको प्रस्ताव गरेका थिए । माओवादीभन्दा पनि कांग्रेसबाट बढी दबाब आएको दाहाल निकट ती नेताको भनाइ छ ।

प्रचण्ड निकट माओवादीका एक नेताले भने, ‘मन्त्रिपरिषद् हेरफेरको तयारी केही पहिलादेखि नै हो। दसैं, तिहारपछि गर्ने भनिएको थियो। तर, साथीहरुले दबाब बढाउन थाल्‍नु भएपछि अब हेरफेरको निष्कर्षमा प्रधानमन्त्रीज्यू पुग्‍नु भएको हो।’

सत्तारुढ कांग्रेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीले अर्थमन्त्री प्रकाशशरण महतको आलोचना गर्दै आएका छन्। दुवै पार्टीका नेताहरूले ती दुवै मन्त्री हेरफेरको प्रस्ताव गरेका थिए। ती नेताले भने, ‘माओवादीभित्रै पनि आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने कुरा भइरहेको छ भने कांग्रेसबाट बढी दबाब आएको छ।’

यसअघि पनि कांग्रेसले गृहमन्त्री फेर्नुपर्ने माग गरेको थियो। माओवादी नेताले भने, ‘त्यो समयमा फेर्दा नक्कली शरणार्थीकै कारण हटाएको सन्देश जान सक्ने भएकोले केही समय रोकिएको हो। अब उपयुक्त समय भएकोले फेर्ने मुडमा प्रधानमन्त्री पुग्‍नु भएको हो।’

“आर्थिक क्षेत्रमा काम पुगेन, काम गराईको चाँजोपाँजो मिलेन भनेर प्रधानमन्त्रीले नै निजी क्षेत्रका व्यक्तिहरुसँग छलफल थाल्नुभयो,” उनले भने, “यसपल्टको बजेट पनि विगतका भन्दा फरक तरिकाले निर्माण गर्नुपर्छ भनेर प्रधानमन्त्री लागिसक्नुभएको छ ।”

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले दिएको जानकारीअनुसार अब सरकारको सिंगो काम र मन्त्रीहरुको कामको समीक्षा गरेर निर्णय गर्नुपर्ने बेला आएको छ । कार्यकारिणी प्रधानमन्त्री, मन्त्री सेरेमोनियल भूमिकामा जस्तै रहेको बताउँदै प्रधानमन्त्रीले यसमा पनि केही सुधार गर्न सकिन्छ कि भनेर छलफल थालेका छन् ।

“केही काम गरौँ भन्यो, अख्तियारको २२ बुँदे देखाउँछन्, अर्कोतिर अदालतले अघि बढ्नै दिँदैन,” प्रधानमन्त्री निकटले भने, “मन्त्रीहरुको अवस्था पनि त्यस्तै छ । विभागका महानिर्देशकले नै मन्त्री हल्लाइदिने हाम्रो सिस्टम छ ।”

दाहालले सरकार सञ्चालन निम्ति सहयोग गर्न पनि बृहत् खालको टिम बनाउने तयारी गरेका छन् । “शीर्ष नेतामात्रै सहभागी भएको टिमले गरेका निर्णय पार्टीभित्रै कार्यान्वयनको तहमा समस्या देखियो,” दाहाल निकट स्रोतले भन्यो, “कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा, माओवादीबाट वर्षमान पुन, जनार्दन शर्मा, नेकपा एसबाट राजेन्द्र पाण्डे, घनश्याम भुसाललगायत समेटेर जानुपर्छ भन्ने देखिएको छ ।”

देउवाबाट सरकारका काममा कुनै हस्तक्षेप नभएको भए पनि उनको ध्यान ‘सहज सत्ता हस्तान्तरण’मा केन्द्रित रहेको छ ।

“देउवाले पहिला गृहमन्त्री हटाउने प्रस्ताव गर्नुभएको थियो,” उनले भने, “तर प्रधानमन्त्रीले सबै मन्त्रीको समीक्षा गरेर निर्णय गरौँ भन्नुभयो देउवाले मान्नुभयो । उहाँ आफ्ना कुरा भन्ने, प्रधानमन्त्रीको निर्णय मान्ने अवस्थामा हुनुहुन्छ । प्रधानमन्त्रीले गरेको निर्णय आफूलाई मान्य हुने धारणा उहाँको छ ।”

प्रतिक्रिया दिनुहोस्