१२ मंसिर,मोरङ।मोरङको उर्लाबारी आगलागीमा घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ४३ वर्षीय यादवको उपचारको गएराति निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगो नियन्त्रणमा लिने क्रममा गम्भीर घाइते भएका उनको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको थियो । घटनामा परेर घाइते भएकामध्ये उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ ।
दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०:३० बजेतिर लागेको आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । गम्भीर घाइतेको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको डीएसपी दाहालले बताए । उनका अनुसार आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको थियो ।