अर्थ / वाणिज्य

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

१२ मंसिर २०८०, मंगलवार ०२:४८
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

१२ मंसिर,काठमाडौं।मंगलबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । सोमबार १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० रुपैयाँमा किनबेच भएको डलर आज पनि सोही भाउमा कायम भएको छ ।

मंगलबार युरोको भाउमा भने वृद्धि भएको छ । सोमबार १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा तोकिएको युरो १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८८ पैसा र बिक्री दर ८८ रुपैयाँ २८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्