१२ मंसिर,काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य ९० रुपैयाँ र गोलभेँडा सानो (लोकल)को २५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ५०, प्याज सुकेको (भारतीय)को १०५, काउली स्थानीयको १२, मुला रातोको ३०, टाटे सिमीको ७०, घिरौँलाको ४०, तरुलको ८० रुपैयाँ रहेको छ ।