१२ मंसिर,काठमाडौं।बंगलादेश क्रिकेट टिमका कप्तान शकिल अल हसनले अब नयाँ इनिङ्स सुरु गर्ने भएका छन् । नयाँ इनिङ्स खेलको भने होइन । उनले राजनीतिमा आउनका लागि चुनाव लड्ने निर्णय गरेका हुन् ।
पुस २७ गते हुने संसदीय निर्वचानमा उनले आफ्नो गृह जिल्ला मगुरा–१ बाट उम्मेदवारी दिनेछन् ।बंगलादेशका पूर्वकप्तान मशरफे मोर्तजाको बाटो पछ्याउँदै उनी पनि राजनीतिमा लागेका बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् ।
सकिब एक्कासी राजनीतिमा आएका हुन् । उनी यसअघि राजनीति यस्ता गतिविधिमा देखिने गरेका थिएनन् । यसै महिना भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सकिव श्रीलंकासँग खेल्ने क्रममा घाइते भएका थिए । घाइते भएका सकिवले अभ्यास गरेका छैनन् । बंगलादेशले २८ नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म न्युजिल्यान्डको भ्रमण गर्नेछ ।