खेलकुद

आयोजकलाई हराउँदै आर्मीको पहिलो जित

११ मंसिर २०८०, सोमबार १६:३०
आयोजकलाई हराउँदै आर्मीको पहिलो जित

११ मंसिर,पोखरा। पोखरा क्रिकेट मैदानमा जारी केपी ओली कप टी–२० प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले विजयी सुरुवात गरेको छ ।

पोखरामा रंगशालामा भएको समुह डी को खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस क्लबको निलोमाथि ११० रनले पराजित गरेको हो ।

सोमबार भएको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।आर्मीका लागि सन्तोष कार्कीले सर्वाधिक ४१ रन जोडे । त्यस्तै कप्तान विनोद भण्डारी ३८, कुशल मल्लले २५, बसिर अहम्मदले २३ र रोहित पौडेलले १२ रनको योगदान गरे । विवेक यादव २९ र भिम शार्की ६ रनमा अविजित रहे ।

आयोजकका लागि मेहुल श्रेष्ठले दुई तथा शुभम खनाल, कौशल रुपाखेती र धावन शहानीले एक एक विकेट लिए ।आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा १५.४ ओभरमा ८५ रनमा समेटियो । आयोजकका लागि निर्भिक पाठकले २८, रन्बीर यादवले १६, रोनिम तिवारीे १५ र सीमोन रोयले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्