७ पुस, काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान देशको पहाडी भूभागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु र कुहिरो रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पुस ७ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू-भागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
राती : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ पुस ८ गते (बिहीबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ ।
राती: देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरुका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।