समाचार

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

७ पुष २०७८, बुधबार ०१:३७
देशमा पश्चिमी वायुको आंशिक प्रभाव

७ पुस, काठमाडौं।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान देशको पहाडी भूभागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु र कुहिरो रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पुस ७ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागमा आँशिक बदली रही प्रदेश नं १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ पुस  गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ ।

राती: देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरुका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

प्रतिक्रिया दिनुहोस्