समाचार

धावनमार्गमा स्याल आतंक, बुद्धको जहाज ओभरसुट

११ मंसिर २०८०, सोमबार १६:२१
धावनमार्गमा स्याल आतंक, बुद्धको जहाज ओभरसुट

११ मंसिर,झापा।झापाको भद्रपुरमा अवतरण गर्न लागेको बुद्ध एयरको जहाजले ओभरसुट गर्नुपरेको छ । धावनमार्गमा स्याल देखिएपछि जहाज ओभरसुट गरिएको हो ।

काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज सोमबार साँझ ६ बजेर ५० मिनेटमा भद्रपुर आइपुगेको थियो। जहाज विमानस्थलमा अवतरणका लागि तयार रहेको बेला धावनमार्गमा एक्कासि स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको विमानस्थलका प्रमुख इन्दुराम अधिकारीले जानकारी दिए।

धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको उनले जानकारी दिए ।

‘धावनमार्गमा स्याल पसेको पाइएपछि मिस अप्रोच गर्न भनेका थियौं,’ उनले भने, ‘स्याल धपाएपछि मात्रै बुद्धले नर्मल अवतरण गर्‍यो ।’जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम गरिएको उनले जानकारी दिए । यो विमानस्थल जंगली जनावरको बढी गतिविधि हुने विमानस्थलमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्