७ पुस, काठमाडौं। नेपाली कांग्रेस कर्णाली प्रदेशका तर्फबाट केन्द्रीय समितिमा राजीव विक्रम शाह र कर्णबहादुर बूढा निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशबाट राजीव विक्रम शाह, कर्णबहादुर बुढा र महिलातर्फ जानकी सिंह केन्द्रीय सदस्यमा निर्वाचित भए। शाह २८२० मत, बुढा २२०० मत र सिंह २६२४ मतसहित कर्णालीबाट केन्द्रीय सदस्यमा विजयी भए।
त्यसैगरी हृदयराम थानीले २१९९ मत प्राप्त गरेका छन् । पूर्वमन्त्री थानी बुढासँग १ मतले पराजित भएका हुन्। कर्णाली प्रदेशबाट एक सिटका लागि भएको महिला सिटमा जानकी सिंह विजयी भएकी छन् । अर्का प्रत्यासी दीनबन्धु श्रष्ठले १ हजार ५४६ र नारायणप्रसाद भट्टराईले ३६० मत ल्याएका थिए ।
दुई सिटका लागि पाँच जनाको उम्मेदवारी दिएका थिए।