नेपाली चलचित्र

अनमोलको नयाँ फिल्म ‘फर्की फर्की’ को छायाङ्कन पोखराबाट सुरु

११ मंसिर २०८०, सोमबार ०८:००
अनमोलको नयाँ फिल्म ‘फर्की फर्की’ को छायाङ्कन पोखराबाट सुरु

 काठमाडौं । मेगा स्टार अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ को छायाङ्कन पोखराबाट सुरु भएको छ।

सोमबार बिहानदेखि पोखराको लेकसाइटमा फिल्मको सुटिङ धमाधम भइरहेको छ। फिल्मका निर्माता रोहित अधिकारीले आज बिहानबाट छायाङ्कन सुरु गरिएको जानकारी दिए। गत शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको थियो।

पोखरापछि फिल्मको छायाङ्कन अन्नपूर्ण बेस क्याम्प, काठमाडौँ र इन्डोनेसियाको बालीमा समेत हुनेछ । गत शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुहूर्त भएको थियो ।

प्रेमकथामा बन्न लागेको फिल्मको कथा निर्माता अधिकारीले नै तयार पाारेका हुन् । ओमप्रकाश अग्रवाल समेत निर्माता रहेको फिल्ममा सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।

सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोलसहित जसिता गुरुङ, नवकलाकारद्वय समृद्धि अर्याल र रवि काफ्लेको अभिनय रहेको छ। लभस्टोरी जनरामा बन्ने फिल्मको पोखरासहित काठमाडौं लगायतका क्षेत्रहरुमा छायाङ्कन हुनेछ।

यो फिल्म अधिकारीसहित ओएसआर डिजिटलको लगानीमा बन्न लागेको हो। नरेन्द्र मैनालीले खिचिरहेको फिल्म अर्को वर्ष जेठ ११ गते रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्