११ मंसिर,काठमाडौँ। राप्रपा नेपालले कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
सोमबार बिहान ८ बजे बस्नेगरि बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रमबारे छलफल हुने राप्रपा नेपालले जनाएको छ ।
उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तहप्रति देखिएको जनताको वितृष्णा र आक्रोश, मुलुकको अवस्थाका बारेमा महत्वपूर्ण छलफल भइ पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ ।
दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमन भएको भन्दै पार्टी अध्यक्ष कमल थापाले विरोध गर्नुका साथै जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक लिन सत्तासीन दलहरूलाई आग्रह गरेका थिए ।