खेलकुद

भारतले अष्ट्रेलियालाई दियो २ सय ३६ रनको लक्ष्य

१० मंसिर २०८०, आईतवार १५:५२
भारतले अष्ट्रेलियालाई दियो २ सय ३६ रनको लक्ष्य

१० मंसिर,काठमाडौँ । दोस्रो टि २० आई क्रिकेटमा भारतले अष्ट्रेलियालाई २ सय ३६ रनको विशाल लक्ष्य दिएको छ । विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

भारतका ओपनर रितुराज गायकवाडले ५८ र अर्का ओपनर यशस्वी जैसवालले ५३ रन बनाउदै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । इशान किशन ५२ रनमा आउट हुँदा सुर्यकुमार यादव १९ रनमा क्याच पभेलियन फर्किए । रिंकु सिँह ३१ रनमा नटआउट रहँदा तिलक बर्मा ७ रनमा नटआउट रहे ।

अष्ट्रेलियाका नाथन एलिसले ३ र मार्कस स्टोइनिसले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्