समाचार

२ हजार मत गन्दा राजीव शाहको १२०८ मत

६ पुष २०७८, मंगलवार ११:२४
२ हजार मत गन्दा राजीव शाहको १२०८ मत

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत केद्रीय सदस्यका लागि भएको निर्वाचनमा क्लस्टरतर्फको मतगणना भइरहेको छ ।

हालसम्म पदाधिकारीसहित खुला तथा महिला केन्द्रीय सदस्यको मतगणना सकिइसकेको छ। त्यसैगरी समावेशी समूहतर्फ पनि केहीको मतगणना सकेर विजेता घोषित भइसकेका छन्।

यस्तै, कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यमा दुई जनाका लागि पाँच जना उम्मेदवार छन् । २००० मतगणना भइसक्दा जाजरकोटका राजीवविक्रम शाह अग्रस्थानमा छन् । उनले १२०८ मत प्राप्त गरेका छन् ।

उनी सभापति शेरबहादुर देउवा निकटका उम्मेदवार हुन् । दोस्रो नम्बरमा हृदयराम थानी छन् । उनले २ हजार मतमध्ये ९८१ मत ल्याएका छन् । उनी डा. शेखर कोइराला पक्षका उम्मेदवार हुन् ।

यस्तै, अन्य कर्णबहादुर बुढाले ९४२, दिनबन्धु श्रेष्ठले ६४१ र नारायण भट्टराईले १५८ मत प्राप्त गरेका छन्। प्रदेशबाट दुई जना निर्वाचित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्