खेलकुद

केपी ओली कपमा पुलिस क्लबका कुशल भुर्तेलले बनाए पहिलो शतक

१० मंसिर २०८०, आईतवार १४:५५
केपी ओली कपमा पुलिस क्लबका कुशल भुर्तेलले बनाए पहिलो शतक

१० मंसिर, पोखरा । पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा कुशल भुर्तेलले शतक बनाएका छन् ।

उनले आइतबार पोखरा रंगशालामा खेलिएको मधेस प्रदेशविरुद्धको खेलमा शतक बनाएका हुन् । जारी प्रतियोगितामा बनेको यो पहिलो शतक हो ।

कुशलले ५६ बलमा ७ छक्का र ८ चौकाको मद्धतले १ सय २ रन बनाए । जारी प्रतियोगितामा शतक प्रहार गर्ने भुर्तेल पहिलो खेलाडी बने ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५ विकेटको क्षतीमा १ सय ७५ रन बनाएको थियो ।

पुलिसका सुनिल धमलाले ४५ रन बनाए । करन केसीले १६ रन जोडे । मधेश प्रदेशका विशाल शुसलिङ र विशाल पटेलले समान २ तथा रुपेश सिंहले १ विकेट लिए ।

जवाफी व्याटिङमा उत्रिएको मधेश प्रदेश भने १८ दशमलव २ ओभरमा १ सय १८ रनमा अल आउट भयो । मधेश प्रदेशका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२, रोहन विक र राकेश कमातले समान १० रन जोडे ।

पुलिसका करन केसी, सागर ढकाल, राशिद खान र ललित राजवंशीले समान २ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले समान १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्