राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बनेर सक्रिय राजनीति गर्न योगेश भट्टराईको सुझाव

१० मंसिर २०८०, आईतवार १४:४१
पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बनेर सक्रिय राजनीति गर्न योगेश भट्टराईको सुझाव

१० मंसिर,काठमाडौं। नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बन्न सुझाव दिएका छन्।

गृहजिल्ला ताप्लेजुङमा आइतवार विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्वमन्त्री भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई जस्केलाबाट नछिरी सक्रिय भई खुला राजनीतिमा आउन चुनौती पनि दिए ।

राजनीतिक अधिकार चाहिएको हो भने जस्केलाबाट छिर्ने कोसिस नगरी मूल ढोकाबाटै सक्रिय राजनितीमा आउन चुनौती दिँदै भट्टराईले भने, ‘राजेन्द्र लिङ्देनजीलाई महामन्त्री बनाएर ज्ञानेन्द्र शाह अध्यक्ष बने पनि भो त्यो पार्टी (राप्रपा) को।’

उनले भने,”हामीले मानवीय नाताले पूर्व राजाको आमालाई नारायणहिटीमा बस्न दिएकाछौं, पूर्वराजालाई सुरक्षा दिएका छौं, आवास सुविधा दिएका छौं, फ्रान्स तथा अन्यदेशमा राजालाई यस्तो सुविधा नदिएको, अरु देशका राजा कत्लेआम भए, त्यसैले यो अवस्था वुझ्न म ज्ञानेन्द्र शाहलाई अपिल गर्दछु ।’

उनले कुदृष्टिले धार्मिक सहिष्णुता विथोल्न, अराजकता मच्चाउन, राजनीतिक अस्थितरता मच्चाउन र जातीय सद्धभाव विथोल्ने काम नगर्न चेतावनी दिएका छन् । तथाकथित दुर्गा प्रसाईलाई उचालेर काठमाण्डौंमा गरेको प्रदर्शनप्रति सरकारको धारणा के हो भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्