बलिउड

एनिमल’ले भारतीय बक्स अफिसमा आक्रामक बुकिङ

१० मंसिर २०८०, आईतवार ०७:३८
एनिमल’ले भारतीय बक्स अफिसमा आक्रामक बुकिङ

१० मंसिर, काठमाडौं ।पछिल्लो समय निकै चर्चा परिचर्चामा आएको बलिउड चलचित्र‘ एनिमल’ आगमिक डिसेम्बर १ देखि संसारभर रिलिज हुँदैछ ।

उक्त चलचित्रमा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिका रहेका छन् । फिल्म ‘एनिमल’ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबारसम्म फिल्मले एड्भान्स टिकट बिक्रीबाटै ३.४ करोड भारु आम्दानी गरेको छ । बुकिङ खुलेको २४ घण्टामै हिन्दी, तमिल र तेलुगू संस्करणमा २४ घण्टाको कमाइ उक्त रकम कमाइ गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

पीभीआर र आइनक्समा यो ग्याङस्टर ड्रामाका ३६ हजार टिकट बिक्री भएको र थप ५० हजार टिकट बिक्री हुने क्रममा रहेको उल्लेख छ ।रणवीरको अघिल्लो फिल्म ‘ब्रह्मास्त्र’भन्दा ‘एनिमल’को टिकट बिक्री ६० प्रतिशत उच्च देखिएको पिंकभिल्लाले जनाएको छ ।

बुकिङ खुलेको २४ घण्टामै ‘ब्रह्मास्त्र’को टिकट ३० हजार बिक्री भएको थियो । यदि यो ट्रेण्ड निरन्तर रहे बिहीबार रातिसम्म भारतका तीन ठूला मल्टिप्लेक्स चेनमा मात्रै चार लाख टिकट बिक्री हुने जनाइएको छ । डिसेम्बर १ मा विश्वव्यापी प्रदर्शनको तयारीमा रहेको यो फिल्मले ट्रेलर हिटमा समेत पठान, जवान र टाइगर ३ लाई उछिनेको छ । तर केजीएफ २ र प्रभासको आदिपुरुषको रेकर्ड भने तोड्न सकेन ।

प्रतिक्रिया दिनुहोस्