८ मंसिर,काठमाडौँ । दुर्गा प्रसाईंको सर्मथकहरुले दुर्गा प्रसाईंको रिहा माग गर्दै सानोठिमि-सल्लाघारी मुख्य सडक अवरोध गरेका छन ।
शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेको प्रसाईंको समूहलाई प्रशासनले अनुमति दिएको छैन । उता प्रसाईंलाई पनि भक्तपुरस्थित ठिमीको निवासबाट बाहिर निस्कना दिईएको छैन् । प्रहरीले घरमै सररक्षा दिएर राखेपछि प्रसाईंले आफू नजरबन्दमा परेको दाबी गरेका छन् । उनले आजै निवासमा पत्रकार सम्मेलनको आयोजनासमेत गरेका थिए ।
भक्तपुरस्थित प्रसाईंको निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको छ । प्रहरी परिचालनपछि प्रसाईं घरबाट बाहिर निस्किन सकेका छैनन् । प्रसाईंले आफू होम एरेस्टमा रहेको बताएका छन् ।