समाचार

आज संसद् बैठक बस्दै

६ पुष २०७८, मंगलवार ०२:२२
आज संसद् बैठक बस्दै

६ पुस, काठमाडौं। प्रतिनिधि सभाको दशौं अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

मंगलबारको बैठकमा प्रस्तुत हुने चार ओटा कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । संसद् सचिवालयका अनुसार सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ। यस्तै सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन्।

गत मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए । आज पनि बैठक चल्न नदिने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्