खेलकुद

केपी ओली कप: दोस्रो जीतसँगै बाग्मतीको सेमिफाइलन यात्रा

८ मंसिर २०८०, शुक्रबार ०७:२८
केपी ओली कप: दोस्रो जीतसँगै बाग्मतीको सेमिफाइलन यात्रा

८ मंसिर,पोखरा। पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेटमा बाग्मती प्रदेशले लगातार दोस्रो जीत दर्ता गराएको छ।

शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश केपी ओली कपको सेमिफाइलनमा प्रवेश गरेको हो । पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो।

१९० रनको लक्ष्य पाएको कर्णालीले ९९ रनमै समेटिएको छ। १७ ओभर ३ बलमा ९९ रनमै समेटिएको हो। ३ ओभर ३ बल बलिङ गरेका कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले १-१ विकेट लिए । कर्णालीका लागि कप्तान रविन्द्र शाही २०, अर्जुन घर्ती २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रन जोडे ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर रित गौतम र इशान पाण्डेले उत्कृष्ट अर्धसतक प्रहार गरेका थिए ।

रितले सर्वाधिक ८२ रन र इशान पाण्डेले ७० रन बनाए । रितले ५९ बलमा २ छक्का र १० चौका प्रहार गरे । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ कणरलीका दिनेश अधिकारी र प्रकाश जैसीले ३-३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्