समाचार

दुर्गा प्रसाईं समर्थक ७ जना तीनकुनेबाट पक्राउ

८ मंसिर २०८०, शुक्रबार ०७:१०
दुर्गा प्रसाईं समर्थक ७ जना तीनकुनेबाट पक्राउ

८ मंसिर,काठमाडौं । स्थानीय स्थानीय प्रशासनले अनुमति नदिए पनि तीनकुनेमै प्रदर्शन गर्ने अडान राखेको दुर्गा प्रसाईं समूहका केही समर्थक त्यहाँ पुगेका छन् ।

 जिल्ला प्रशासन कार्यालयको आदेश विपरित तीनकुनेमा जम्मा भएका दुर्गा प्रसाईं समर्थकहरु ७ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीर गोर्खालीका संयोजक सौरभ भण्डारीलगायत ७ जना रहेको स्रोतले जनाएको छ ।

प्रहरीले भने पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छंैन् । प्रसाई नेतृत्वको अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै र्आएको छ ।

तर, त्यहाँ पुग्ने प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भ्यानमा हालेर लगिएको छ । पक्राउ परेकाहरूको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।

तीनकुनेमा बोक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । अभियानका संयोजक प्रसाई भक्तपुरस्थित घरमै छन् । उनको घरमा प्रहरीले सुरक्षा तैनाथी बढाएको छ ।

प्रसाईं नेतृत्वको महाअभियानले जसरी पनि काठमाडौंको तीनकुनेमै प्रदर्शन गर्ने अडान लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएको छैन ।

बिहीबार तीनकुनेमा युवासंघ नेपाले प्रदर्शन गरेको थियो भने प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गरेको थियो । तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रहे पनि बल्खुमा भने तनाब उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्