समाचार

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्षको जेल सजाय

७ मंसिर २०८०, बिहीबार १५:०९
त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्षको जेल सजाय

७ मंसिर,काठमाडौँ ।काठमाडौँ जिल्ला अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणका सात आरोपितमध्ये ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले सो फैसला गरेको हो। उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा सांघातिक आक्रमण भएको थियो।

अदालतले आरोपीहरू हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रूपेश साह, रवीन लामा, सयुज श्रेष्ठ, नीरज रानामगरलाई दुई वर्षको कैद सजाय सुनाएको हो। अर्का आरोपी दीपक ओझाले भने सफाइ पाएका छन्। सूचना अधिकारी दाहालले उनीहरूबाट पीडितलाई २८ लाख १७ हजार ५३९ रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश भएको बताए।

प्रतिवादीमध्ये दीपक ओझालाई अदालतले सफाइ दिएको छ। साथै, उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत अदालतले भनेको छ।

प्रतिक्रिया दिनुहोस्