मुख्य समाचार

दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले हान्यो १५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरका गोली

७ मंसिर २०८०, बिहीबार १५:०४
दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले हान्यो १५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरका गोली

७ मंसिर,काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को प्रदर्शनमा प्रहरीले अत्याधिक मात्रामा अश्रुग्यास प्रहार गरेको छ।

बिहीबार दिउँसो बल्खुमा प्रदर्शनकारी कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। जसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए।

प्रदर्शनकारीलाई प्रहरीले १ सय ५७ सेल अश्रुग्यास प्रहार गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले प्रदर्शनकारीलाई ५ राउण्ड रबरका गोलि पनि प्रहार गरेको थियो।

बिहीबार दिउँसो काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा प्हरी र प्रदर्शनकारीबिच पटक पटक झडप भएको थियो। बिहान युवा संघ र प्रसाईंका कार्यकर्ताबिच सुरुमा झडप भएको थियो। त्यसपछि प्रहरीसँग झडप भएको हो। झडपमा प्रहरीको ३ वटा मेघाफोन, शिल्ड–११ थान, हेल्मेट–३ थान र वाटर क्याननमा समेत क्षति पुगेको छ।

प्रदर्शनकारीतर्फ २३ जना र ५ प्रहरी गरी २८ जना घाइते भएका छन्। १७ जना घाइते उपचार पश्चात डिस्चार्ज भइसकेका छन्। ५ जना प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्