७ मंसिर,काठमाडौँ । एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए नेकपा एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् ।
तीनकुनेमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले नेता बस्नेतले प्रसाईं बौलाएको समेत टिप्पणी गरे । उनले प्रसाईंलाई ठगी र हुण्डीको आरोपमा पक्राउ गर्न प्रधानमन्त्रीसँग माग गरे ।
बिहीबार तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्घका संयोजक समेत रहेका बस्नेतले एमालेको कार्यक्रम अव सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने बताए ।
उनले प्रधानमन्त्रीलाई पनि सच्चिन चेतावनी दिए । उनले भने, ‘प्रधानमन्त्री तपाईं सच्चिनु भएइन भने सिंहदरबारबाट माइतीघर कि तीनकुनेमा पछार्ने हो । त्यो तागत हामीसँग छ ।’
यस्तै एमाले जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले एमाले सदा राष्ट्र, राष्ट्रियता, जनताको पक्षमा रहेको बताए । उनले भने, ‘यो कुनै व्यक्ति विशेषको विरुद्धको होइन । सरकारको खबरदारीका लाागि गरेका छौं । व्यक्तिको पछि लागेका होइनौं । हामीले संययता अपनाएर बसेका छौं । एमालेमाथि भएको आक्रमण भोलिका दिनमा टुलुटुलु हेरेर बस्दैन ।’