७ मंसिर,काठमाडौँ । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच घम्साघम्सी हुँदा अश्रुग्यास र पानीको फोहोरा प्रहार भएको छ ।
बिहीबार दिउँसो प्रदर्शनकारीहरू बल्खु चोकबाट कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ।
डुङ्गा–मुडा सुरु भएपछि प्रहरीले पानीको फोहरा प्रहार गरेर उत्तेजित भिडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। साथै प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ। प्रहरीले बल प्रयोग गरेसँगै प्रदर्शनकारीहरू तितरबितर भएका छन्।