खेलकुद

‘केपी ओली कप’ उद्घाटनमा ओलीको बलिङ र ब्याटिङ

७ मंसिर २०८०, बिहीबार ०८:२३
‘केपी ओली कप’ उद्घाटनमा ओलीको बलिङ र ब्याटिङ

७ मंसिर,काठमाडौँ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा ‘केपी ओली कप राष्ट्रिय ट्वान्टी-२०’ प्रतियोगिता आयोजना गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बलिङ र ब्याटिङ गर्दै प्रतियोगिताको सुरुवात गरेका हुन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगता १५ गतेसम्म हुने छ ।

मंसिर १५ सम्म पोखरा रंगशालामा हुने ‘केपी ओली कप राष्ट्रिय ट्वान्टी-२०’ प्रतियोगितामा ७ प्रदेशका सात टिम, तीन विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब) र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई टिम सहभागिता रहेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम छन् । समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘निलो’ छन् ।

आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले २ लाख ५० हजार रुपैयाँ, म्यान अफ द सिरिजले ३० हजार रुपैयाँ, बेस्ट बलरले २० हजार रुपैयाँ र म्यान अफ द म्याचले ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्