समाचार

महेश बस्नेतको गर्जनः ‘ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन ?’

७ मंसिर २०८०, बिहीबार ०८:१२
महेश बस्नेतको गर्जनः ‘ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन ?’

७ मंसिर,काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।

प्रदर्शनस्थलबाट सम्बोधन गर्दै एमालेका प्रभावशाली नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । उनले दुर्गा प्रसाईँजस्ता मान्छेहरु राजाको पक्षमा उत्रिएको भन्दै ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन भनेर प्रश्न गरे ।

‘लोकतन्त्रको विरुद्ध राजतन्त्र हुन सक्दैन । जुँगा मठारेर बसेका ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन ?’– उनले प्रश्न गरे ।

राजतन्त्रको नाममा यस्तै अराजक गतिविधि बढ्दै गए र पूर्वराजा ज्ञानेन्द्रले समर्थन जनाउँदै गएमा एक दिन उनले देश छाड्ने दिन आउने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्