समाचार

बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईंपक्षबीच ढुंगामुढा हानाहान

७ मंसिर २०८०, बिहीबार ०८:०४
बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईंपक्षबीच ढुंगामुढा हानाहान

७ मंसिर,काठमाडौँ । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा हानाहान भएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका समर्थक र एमाले निकट युवासंघका कार्यकर्ताबीच  ढुंगा हानाहान भएको हो।

प्रसाईं पक्षका समर्थकको ढुंगा प्रहारबाट केही मोटरसाइकलसहितका सवारी साधनमा क्षति पुगेको छ। अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको जनाएको छ।

युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको बताएको छ भने महाअभियानले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ।युवा संघले तीनकुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्