खेलकुद

विश्वकप फुटबल छनोट : ब्राजिलमाथि अर्जेन्टिनाको जित

६ मंसिर २०८०, बुधबार ०६:२७
विश्वकप फुटबल छनोट : ब्राजिलमाथि अर्जेन्टिनाको जित

६ मंसिर, काठमाडौं। विश्वकप फुटबलको कन्मेबोल छनोटमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ।

बुधबार भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलअन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको लागि निकोलस ओटामेन्डीले निर्णायक गोल गरे।

उनले खेलको ६३ औँ मिनेटमा अर्जेन्टिनाको लागि गोल गरे। ब्राजिलको भने यो लगातार तेस्रो पराजय हो। यसअघि ब्राजिल कोलम्बिया र उरुग्वेसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्