समाचार

केन्द्रीय सदस्यमा सभापति देउवा पक्षको वर्चश्व

५ पुष २०७८, सोमबार १६:४८
केन्द्रीय सदस्यमा सभापति देउवा पक्षको वर्चश्व

५ पुस, काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ ।

खुला केन्द्रीय सदस्य ९ जना मध्ये एक जना मात्र शेखर कोइराला पक्षले जितेको छ । बाँकी ८ वटा पदमा देउवा पक्षले जितेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यमा खुल्ला महिलातर्फ ९ जना निर्वाचित भएका छन्।

मतपरिणाम अनुसार डा. डिला संग्रौलाले सर्वाधिक मत प्राप्त गरेकी छिन् । डिलाले २८८५ मत ल्याएकी छिन् । पुष्पा भुसालले दोस्रो सर्वाधिक मत ल्याएकी छिन् । काँग्रेस सभापति समेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले २५३६ मतसहित तेस्रो स्थान प्राप्त गरेकी छिन् । तीनैजना देउवा पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्