६ मंसिर,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
बुधबार बिहान राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितका समस्या समाधान गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भूकम्पपीडितका समस्या समाधान गर्न राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।