६ मंसिर, काठमाडौं।डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् ।
हमासले पनि टेलिग्राममा एक विज्ञप्ति जारी गर्दै ‘मानवीय आधारमा युद्धविराम’मा सहमति भएको जनाएको छ । यो सम्झौताको मध्यस्थता गरेकामा हमासले कतार र इजिप्टलाई धन्यवाद पनि दिएको छ ।
गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धललाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलोचरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुनन् । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ ।
चार दिनको अस्थायी युद्धविरामका क्रममा ती बन्धकलाई रिहा गरिने र रिहा हुनेमा महिला र बालबालिका हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ ।
त्यसक्रममा एक हजार २०० मानिसको मृत्यु भएको थियो । २०० जनालाई हमासले बन्धक बनाएको थियो । त्यसयता इजरायल र हमासबीच युद्ध जारी छ ।
इजरायलको आक्रमणमा गाजामा १४ हजारभन्दा धेरै मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा पाँच हजारभन्दा बढी बालबालिका थिए ।