खेलकुद

क्रोएसिया युरोकप २०२४ का लागि छनोट

६ मंसिर २०८०, बुधबार ०२:३५
क्रोएसिया युरोकप २०२४ का लागि छनोट

६ मंसिर,काठमाडौं । क्रोएसिया अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ । छनोट चरणको समूह ‘डी’ अन्तर्गत गएराति भएको खेलमा अर्नेनियालाई १-० ले पराजित गर्दै क्रोएसियाले युरोकपमा स्थान पक्का गरेको हो ।

गएराति भएको समूह ‘डी’ को खेलमा अर्मेनियालाई १–० गोलले हराउँदै क्रोएसिया युरोकपमा छनोट भएको हो क्रोएसियाका एन्टे बुडिमिरले एक गोल गरेका थिए । खेलको ४३औँ मिनेट उनले गरेको गोल नै क्रोएसियाको जितका लागि पर्याप्त भएको थियो ।

समूह ‘डी’ बाट टर्की यसअघि नै छनोट भइसकेको छ । अर्को खेलमा टर्की र वेल्सले १-१ को बराबरी खेले । यस बराबरीपछि १७ अंक जोडेर टर्की समूह विजेता बन्यो । टर्किएले गएराति नै भएको खेलमा वेल्ससँग बराबरी खेल्दै अंक बाँढेको थियो।

प्रतिक्रिया दिनुहोस्