समाचार

शुभाकालिका गाउँपालिका बालमैत्री घोषणा

५ मंसिर २०८०, मंगलवार ०८:२४
शुभाकालिका गाउँपालिका बालमैत्री घोषणा

५ मंसिर कालिकोट।“खुशी राखौ बालबालिकाको मुहार, बालमैत्री शुभ कालिका समृद्धिको आधार” भन्ने मूल नाराका साथ आज कालिकोटको शुभाकालिका गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ।

शुभाकालिका गाउँपालिकाका वडा नं ७ र ८ लाई बालमैत्री शासन भएका वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको सूचक र मापदण्ड पूरा गरेकाले सो गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष गोबिन्द आचार्य(अनिल) को अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री गाउँपालिका घोषणामा सहयोग पुर्याउने सबै फूलमाला र पिपलको पातसहित सम्मान गर्नुका साथै गाउँपालिकाका पूर्व जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व तथा गैरसरकारी सङ्घ संस्थालाई सम्मान गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष आचार्यले भने ” बालमैत्री सूचकहरुभित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बाल सहभागीता महत्वपूर्ण कुरा भएकोले गाउँपालिकाका सबै पक्षहरुले यसलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

उक्त कार्यका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन सँगै स्रोत साधन परिचालनसमेत गर्ने भएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।

उनका अनुसार बालमैत्री पालिका घोषणा र कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक पर्दछ हामी त्यो वातावरण बनाउन प्रतिवद्ध छौं । बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएपनि आगामी दिनमा सुधारका लागि निरन्तरता दिनुपर्ने गाउँपालिकाका अध्यक्ष आचार्यले बताए।

बालमैत्री शासन घोषणा गर्नका लागि सेभ द चिल्ड्रेन, किर्डाक नेपाल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा कालिकोटले समन्वय गरेको हो।

प्रतिक्रिया दिनुहोस्