खेलकुद

यमनविरुद्ध खेल्ने नेपाली टिम घोषणा, अनन्त र दिनेशको पुनरागमन

५ मंसिर २०८०, मंगलवार ०७:५९
यमनविरुद्ध खेल्ने नेपाली टिम घोषणा, अनन्त र दिनेशको पुनरागमन

५ मंसिर, काठमाडौं ।  फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ ।

बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले पुनरागमन गरेका छन् । चोटका कारण दुवै खेलाडी यूएईसँगको खेलमा टिममा थिएनन् ।

यस्तै, यूएईविरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बू भने टोलीमा समावेश छैनन् । यस्तै, यूएईविरुद्धको खेलका लागि पहिलोपटक नेपाली टिममा परेका निसान हमाल पनि यमनसँगको खेलमा टिममा अटाएनन् ।

समूह ‘एच’ अन्तर्गत हुने नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ ।

त्यस्तै, मिडफिल्डरमा एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दिनेश हेनजान, क्रितिशरत्न छुन्चुले स्थान बनाएका छन् । जिलेस्पीजंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी फरवार्डको भूमिकामा रहेका छन् ।

फिफा वरीयतामा यमन १५६ औं र नेपाल १७३ औं स्थानमा छ । खेल साँझ ७ बजेबाट सुरु हुनेछ । यसअघि नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईविरुद्ध ४–० को हार व्यहोरेको थियो । 

प्रतिक्रिया दिनुहोस्