मुख्य समाचार

माओवादी बागमतीमा नेतृत्व चयनका लागि क–कसले दिए उम्मेदवारी ?

५ पुष २०७८, सोमबार १५:१५
माओवादी बागमतीमा नेतृत्व चयनका लागि क–कसले दिए उम्मेदवारी ?

५ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रको बागमती प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तै तीन उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ । दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान (मदन), शिव कोइराला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर विक र अमरबहादुर विश्वकर्माले उपाध्यक्षमा दावी पेश गरेका हुन् ।

एक जना सचिवका लागि चार जनाको उम्मेदवारी परेको छ । त्यस्तै सचिवमा धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ (छिन्ताङ) र अन्जानकुमार तिमिल्सिनाले उम्मेदवारी दिएका छन्।

सहसचिव तीन पदका लागि १० जनाको उम्मेदवारी परेको छ । सहसचिवमा द्रोणबाबु शिवाकोटी, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना (विश्वास), प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर काती, सञ्जय लामा र लालकुमारी पुनले उम्मेदवारी दिएका छन्।

त्यस्तै एक कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवरी परेको छ । तोत्रकुमारी अधिकारी, विदुर खड्का र संगीता भट्टराईले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्