खेलकुद

अष्ट्रेलिया विरुद्धको टी–२० सिरिज: सूर्यकुमार यादवको कप्तानीमा भारतीय टोली घोषणा

५ मंसिर २०८०, मंगलवार ०२:३७
अष्ट्रेलिया विरुद्धको टी–२० सिरिज: सूर्यकुमार यादवको कप्तानीमा भारतीय टोली घोषणा

५ मंसिर,काठमाडौं। अस्ट्रेलिया विरुद्धको पाँच टी–२० खेलको सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ । टोलीको कप्तानी सूर्यकुमार यादवलाई दिइएको छ ।

सोमबार सार्वजनिक गरिएको टोलीमा एक दिनअघि सकिएको एकदिवसीय विश्वकप टोलीबाट सूर्यकुमार, इशान किशन र प्रसिद कृष्णसहित ३ खेलाडीले स्थान पाएका छन् । रोहित शर्मा, विराट कोहली, बुमराह र जडेजालाई विश्राम दिइएको छ । पहिलो ३ खेलमा रुतुराज गायकवाड उपकप्तान रहनेछन् ।

अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज नोभेम्बर २३ बाट सुरु हुँदैछ । पहिलो खेल विशाखापट्टनममा हुनेछ । यो सिरिज ३ डिसेम्बरमा बेंगलुरुमा समाप्त हुनेछ ।

एकदिवसीय विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्