मुख्य समाचार

कांग्रेसले खुला महिला केन्द्रीय सदस्य: ३८५० मत गन्दा कसको कति?

५ पुष २०७८, सोमबार १५:०२
कांग्रेसले खुला महिला केन्द्रीय सदस्य: ३८५० मत गन्दा कसको कति?

५ पुस, काठमाडौं। नेपाली कांग्रेसको महिला (खुला)तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिँदै छ।

महिला खुला केन्द्रीय सदस्यतर्फ अहिलेसम्म ३८५० सयभन्दा धेरै मत गणना भइसकेको छ । जसमा डाक्टर डिला संग्रौलाको जित निश्चित जस्तै भएको छ । ३८५० मत गणना गर्दा डिला संग्रौलाले २४१४ मत ल्याएको छन् ।

सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले २१३९, अम्बिका बस्नेतले १९४६, ईश्वरी न्यौपानेले १८७७, सरिता प्रसाईंले १७१६, रमा कोइरालाले १५७२, सुशीला ढकालले १५२३ र रंगमती शाहीले १५२३ मत ल्याउँदै शीर्ष ९ भित्र पर्न सफल भएका छन् ।

खुला महिला केन्द्रीय सदस्यमा ३० जना उम्मेदवार रहेका छन् । जसमध्ये ९ जना विजयी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्