५ मंसिर,रूपन्देही। आचार्य बन्धु समाज नेपालले जुत्तामा आचार्य लेखिएको भन्दै कम्पनीलाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा निवेदन दिएको छ।
यस कार्यले आचार्य समुदायको मानमर्दन गर्ने दुषित मनसाय भएको भन्दै आचार्य बन्धु समाजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा लिखित रुपमै उजुरी दर्ता गराएको हो ।
चेरी स्निकर्स डटकम र आचार्यको नामले अपरीचित व्यक्ति वा संस्थाले आचार्य लेखिएको लोगोसहितको जुत्ताको फोटो फेसबुक लगायतका सामाजिक सञ्चालनमा बुष्टसमेत गरेर पोष्ट गरेको कार्यप्रति समाजले आपत्ति जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले साइबर ब्यूरोमा अनुसन्धानका लागि पठाइने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गर्ने बताए।
केही दिन अगाडिको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीविरुद्ध सिआइबीमा निवेदन दिने निर्णय गरेको थियो।